nepalinsider.com
एकहजार घुससहित ट्राफिक प्रहरी पक्राउ - Nepal Insider
जनकपुरधाम : धनुषामा ट्राफिक प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन्। ट्राफिक प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई महेन्द्रनगरबाट अख्तियारको टोलीले १ हजार घुससहित पक्राउ गरेको हो। पक्राउ परेका उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए। मापदण्ड विपरित टिपर चलाएका एक चालकसँग १ हजार घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ। अख्तियारको टोलीले …