nepalinsider.com
पोखराको न्यूरोडस्थित फर्निचर पसलमा भीषण आगलागी ३२ वटा सटर जलेर ध्वस्त - Nepal Insider
पोखरा– कास्कीको पोखरामा आगो लागेको छ । पोखराको न्यूरोडस्थित एक फर्निचर पसलमा आगलागी भएको हो । प्रहरीका अनुसार न्यूरोडमा रहेको नवदूर्गा फर्निचर पसलमा आगो लागेको हो । फर्निचर पसलमा लागेको आगो अन्य पसलमा पनि सल्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास जारी छ ।