whynepal.com
सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !”
Read this in English. साथीहरुले यो पढ्दा काठमाडौँको सट्टा अाफ्नै गाउँ-शहर सम्झि -परिकल्पना गरि पढ्नु होला है! धन्यवाद। “सन् २०३० मा संसारकै सुन्दर शहर- काठमाडौं उपत्यका!” – विश्व विख्यात टाइम पत्रिका टाइम पत्रिकाले यसरी बर्षको अन्तिम संस्करणको पहिलो पृष्ठमा काठमाडौं उपत्यकालाई एशियाको “चम्किलो मोती” घोषणा गरि दिएकोमा विश्व जगतमा हलचल मच्चिएको छ। सन् २०१५ मा ७.८ रेक्टर स्केलको भुकम्पको चपेटामा परेको यो शहरले पछिल्लो १५ वर्षको अवधिमै कसरी यस्तो छलाङ्ग मार्यो – सबैलाई चाँसोको बिषय बनेको छ । काठमाडौं उपत्यकालाई सन् २०३०मा संसारको सबैभन्दा सुन्दर शहर चुन्नमा विश्व-विख्यात शहरी विकास योजनाविद् तथा अग्रज हरु सामेल निर्णायक मण्डलले १० विशेष कारण दिएका छन्। १. काठमाडौं: सेवक सरकार शहर २. काठमाडौं: विविधता झल्कने शहर ३. काठमाडौं: विश्वकै हराभरा शहर ४. काठमाडौं: सम्पदा शहर ५. काठमाडौं: पुन:प्रयोगीय शहर ६. काठमाडौं: नसुत्ने शहर ७. काठमाडौं: उर्जा-प्लस शहर ८. काठमाडौं: मस्त रमाउने शहर ९. काठमाडौं: विवेकशील शहर १०. काठमाडौं: उद्यमीका राजधानी १) काठमाडौं- सेवक सरकार शहर म स्थानीय वडा कार्यालय अगाडी छु। १८औं शताब्दीको दरवार जस्तो देखिने यो भवन काठमा कुँदिएका विभिन्न आकृतिहरुले नेपालको इतिहासको वृतान्त दर्शाएको छ। भित्र छिर्छु । भित्र २१औं शताब्दीको आधुनिक पाँच तारे होटेल छिरेको भान हुन्छ । भित्ताहरुमा नेपालका विभिन्न जातीय विविधता झल्काउने चित्रकला र मूर्तिहरु टाँगिएका छन्। अलिपर बडेमानको…