prawaskhabar.com
सन्दीपले आगामी सिजन पनि आईपिएल खेल्ने निश्चत, दिल्लीले गर्यो रिटेन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयर डेभिल्सबाटै खेल्ने भएका छन् । आगामी सिजनको आईपीएलका लागि दिल्लीले सन्दीपलाई क्लबमै राख्ने (रिटेन) निर्णय गरेको छ ।