radiovision.com.np
इलामका आशिस रेडियो हुँदै टेलिभिजन सम्म
रेडियो भिजनका पूर्व कर्मचारी आशिस शाह ठकूरी हाँस्य व्यङग्यबाट देशभर चिनिएका छन् । १ सय ५ जना व्यक्तिको हु–बहु आवाज निकाल्न सक्ने क्षमता भएका उनी युट्युब च्यानल सँगै बिभिन्न हाँस्य टेलि श्रीङ्खलाहरुमा आफ्नो प्रस्तुती दिइरहेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ट्वाक्क–टुक्क बाट टेलिभिजनमा प्रबेश गरेका शाह पुस ६ गतेबाट जनता टेलिभिजनबाट समेत देखिएका छन् । हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो ६ गतेबाट जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो हाँस्य टेलिश्रृङला हरेक विहीबार बेलुका ८ः४५ बजे प्रसारण हुन्छ । आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशनमा तयार भएको यो श्रृङखलाका लेखन सहयोगी तथा सह निर्देशक आशिष ठकुरी रहेका छन् । साथै सो हाँस्य टेलीसश्रृङखला युट्युब च्यानल रामसार मिडियाबाट पनि हेर्न सकिने बताइएको छ । टेलीटेलिश्रृङलामा आशिष शाह ठकुरी, सुजन ढकाल, हरिसा बानियाँ (भुनियाँ), समिर सुबेदी, आइन्द्र लिम्बू लगायतका कलाकारले अभिनय गरेका छन् । मधु ढकालको निर्माण, बद्री सुबेदी निर्माण सल्लाहकार रहेको सिरियलमा गणेश भट्टराइले ब्यबस्थापन गरेका छन् । प्रवेश पोखरेलले क्यामरा र पासाले मेकअपको जिम्मेवारी निभाएका छन् । उनले अभिनय गरेको ट्वाक्क–टुक्क हाँस्य टेलिश्रृङला कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः१५ बजे प्रसारण भैरहेको छ । रेडियो भिजनमा हरेक बुधबार साँझ ७ः१५ बजे प्रसारण हुने कार्यक्रम डामाडोलबाट श्रोतामाझ चिनिएका आशिसलाई अहिले युट्युबमा समेत देख्न सकिन्छ । इलामको गोर्खेमा जन्मिएका शाह आपूmले सानैदेखि हाँस्य व्यङ्गयमा रुची राख्ने गरेको बताउँछन् । रेडियो भिजनमा उनले सञ्चालन गर्दै आएको हाँस्य व्यङ्गय कार्यक्रम डामाडोल अहिले उनकै भाई अजय शाह र हरि बरालले सञ्चालन गर्दै छन् ।