eadarsha.com
फाइनप्रिन्ट फिभर सम्पन्न
पोखरा, २ भदौ। फाइनप्रिन्टले पोखरामा शनिबार एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ संचालन गर्‍यो। कार्यक्रममा विभिन्न स्रष्टाबीच साहित्यिक विषयवस्तुमाथि बहस चल्यो। पोखरास्थित सिटी स्क्वायरको सहयोगमा भएको सो कार्यक्रममा युग पाठकसँग सावित्री गौतमले नेपाल मन्थनबारे छलफल गरिन्। अर्को सत्रमा नयनराज पाण्डेसँग दीपक पराजुलीले संस्मरणमा इमान्दारिता तथा शासकको रजगजमाथि हरिबहादुर थापासँग पत्रकार केशवशरण लामिछानेले छलफल केन्द्रित गरे। […]