eadarsha.com
गुरुङ दम्पत्तिद्वारा वृद्वाश्रमलाई सहयोग
पोखरा, २४ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा १२, शीतलादेवीका गुरुङ दम्पत्तिले पोखरा लेखनाथ महानगरपालिका वडा १७ सितापाइलास्थित पोखरा वृद्वाश्रमलाई सहयोग गरेका छन्। ८४ वर्षीय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले वृद्वाश्रमलाई २६ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। उनीहरुले वृद्वाश्रममा रहेका ६२ जना वृद्वावृद्वालाई बुधबार बिहान एक छाक भोजन समेत गराएका […]