eadarsha.com
ओली दोस्रोपटक प्रधानमन्त्री
काठमाडौं ३ फागुन । निर्वाचन सम्पन्न भएको झण्डै साँढे दुर्इ महिनापछि बाम गठबन्धनका तर्फबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम विहीबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए। […]