eadarsha.com
समाजसेवी दाहालको स्मृतिमा छात्रवृत्ति
पोखरा, २३ माघ। समाजसेवी स्वर्गीय टीकाराम दाहालको १०४ औं जन्मजयन्तीमा उनको परिवारले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। अन्नपूर्ण गाउँपालिका वडा २, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष भण्डारीलाई १० हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो। दाहालको स्मृतिमा गत वर्ष उनका जेठा छोरा डा गिरधारी दाहालले विद्यालयमा १ लाख […]