eadarsha.com
पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबल उपाधि
पोखरा, २२ पुस। राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा भएको नवौं महिला तथा १८ औं पुरुष ह्याण्डबल प्रतियोगितामा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी बल -एपीएफ) ले उपाधि जितेका छन्। पोखरा रंगशालामा शनिबार पुरुषतर्फ फाइनलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीलाई २९-२५ गोलअन्तरले पराजित गर्दै उपाधि तिजेको हो। उल्लेख्य दर्शकमाझ घरेलु टिम राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानिमा कोर्ट उत्रिएको थियो। […]