eadarsha.com
एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण
पोखरा, १ साउन। एन आई सी एशिया बैंक लेखनाथ शाखाले पोखरा विश्वबिद्यालयको परिसरमा वृक्षारोपण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले करिब छ सय विरुवा वृक्षारोपण गरेको हो। एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखा कार्यालयहरूको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान लगायतका स्थानहरूमा वृक्षारोपण गर्दै आएको छ। […]