eadarsha.com
मणिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा सहयोग
पोखरा, ३ जेठ। मणिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी भिलेज पोखरालाई नगद सहयोग गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उनीहरुले ५० हजार रुपैयाँ सहयोग गरेको कलेजका उपप्राध्यापक गीता घिमिरेले जानकारी दिइन्। हेमजामा रहेको उक्त आवासगृहले असहाय बालबालिकालाई राखेर पालनपोषण तथा अध्ययनको व्यवस्था मिलाउँदै आएको छ। हिन्दी सिनेमा बाहुबली २ को च्यारिटी शोबाट संकलित रकम […]