eadarsha.com
फेवा नव वर्ष महोत्सव शुरु
पोखरा, २९ चैत। विभिन्न जातजातिको झाँकी र आमा समूहको र्‍यालीसँगै पोखरामा १४ औं फेवा नव वर्ष महोत्सव शुरु भएको छ। पश्चिमाञ्चल होटल संघको आयोजनामा लेकसाइडको खहरेचोकबाट निस्केको झाँकीसहितको र्‍याली महोत्सवस्थल कोमागानेपार्क पुगी उद्घाटन समारोहमा परिणत भएको थियो। होटल संघ नेपालकी वरिष्ठ उपाध्यक्ष श्रृजना राणाले महोत्सव उद्घाटन गर्दै महोत्सवले पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताइन्। […]