eadarsha.com
एटिएमबाट पैसा चोरीको आशंकामा पक्राउ
पोखरा, ५ चैत ।विभिन्न डिभाइस प्रयोग गरी एटिएमबाट पैसा निकालेको आशंमा कास्की प्रहरीले दुर्इ विदेशीलाई शनिबार पक्राउ गरेको छ । काठमाडौंमा यसअघि भएको एटिएम काण्ड गिरोहमध्येका भागेर पोखरा आएका उनीहरु नै हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ पर्नेमा बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन क्रिस्टोर छन् । गत जनवरी अन्तिममा पोखरा आएका उनीहरु हाल लेकसाइड बस्दै आएका थिए । […]