eadarsha.com
उच्च मावि परिषद् बोर्डमा रुपान्तरण
काठमाडौँ, १५ असार। शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ। राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरण गरेको हो। परिषद्मातहत रहेका तीन हजार छ सय उच्च मावि अब शिक्षा विभागको मातहत रहनेछन्। दस जोड दुर्इ कक्षामात्र सञ्चालन भएका विद्यालयले तलको कक्षा पनि सञ्चालन गर्नुपर्नेछ। […]