eadarsha.com
नामार्जुङ पूर्ण खोप सुनिश्चित
पोखरा, २९ बैशाख। कास्कीको नामार्जुङलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ। ताङतिङमा विशेष कार्यक्रमबीच जिल्ला जनस्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरेका हुन्। गाविसमा रहेका १२ देखि २३ महिना उमेर समूहका १९ बालबालिकालाई एक वर्षभित्र लगाउनुपर्ने खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। घिमिरेले घोषणामा भन्दा यसको निरन्तरतामा […]