eadarsha.com
लेखनाथलाई प्लाष्टिक मुक्त बनाउन छलफल
लेखनाथ, २१ चैत। लेखनाथलाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ आइतबार लेखनाथमा प्रारम्भिक छलफल भएको छ। विकल्प खोजी गर्दै दिगो वातावरण संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमका सहभागीले वर्तमान युग प्लाष्टिकको युग भएको तर यसका नकारात्मक पक्ष धेरै भएकाले विकल्प खोजी गरिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले लेखनाथलाई प्लाष्टिक झोला मुक्त बनाउन पहल गर्नुपर्ने बताएका थिए। […]