eadarsha.com
महोत्सको तेस्रो दिनसम्म २१ हजारको अवलोकन, ४५ लाखको कारोबार
स्याङ्जाको वालिङ खेलमैदानमा जारी चौथो वालिङ महोत्सवमा आइतबार तेस्रो दिन पनि सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो। हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ आयोजित क्षेत्रीय औद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेलामा आइतबारसम्म २१ हजार दर्शकले अवलोकन गरेका छन् भने सो अवधिमा झण्डै ५५ लाखको कारोबार भएको महासचिव खगेन्द्रप्रसाद अर्यालले जानकारी दिए। महोत्सवमा स्थानिय कृषि उपजका स्टल तथा राजिस्थानको ऊँट चढ्नेतर्फ सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।