eadarsha.com
एमाले कास्की क्षेत्र नं १ को अध्यक्षमा पंगेनी
नेकपा एमाले कास्की क्षेत्र नं १को दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि टिकाराम पंगेनीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत गठित गरिएको समितिको उपाध्यक्षमा उमा परियार, सहसचिवमा पसबहादुर बस्तोला रहेका छन् भने सचिव पदका लागि भएको निर्वाचनमा बालकृष्ण गुरुङ निर्वाचित भएका हुन्।