eadarsha.com
आन्दोलनबाटै सरकार ढाल्ने विपक्षी दलको चेतावनी
काङ्ग्रेस, एमालेलगायतका विपक्षी दलहरूले आन्दोलनको बलबाटै सरकार परिवर्तन गर्ने दाबी गरेका छन्। युद्धकालमा माओवादी कार्यकर्ताले हत्या गरेका पत्रकार डेकेन्द्र थापाका हत्यारामाथि कानुनी कारबाही गराउन दबाब दिने भन्दै दैलेख सदरमुकामबाट सुरु गरेको आन्दोलनलाई विपक्षी दलले तेस्रो जनआन्दोलनको समेत संज्ञा दिएका छन्। दलहरूको आन्दोलनका क्रममा शनिबारबाट विपक्षी दलले आन्दोलन सुरु गरेको हो।