eadarsha.com
पुस्तक तथा स्टेशनरी व्यवसायीको सातौं अधिवेशन परीक्षामुखी पाठ्य सामग्रीको बिक्री वितरण रोक्न आग्रह
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीको सातौं अधिवेशन शनिबार उद्घाटन भएको छ। अधिवेशनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले विद्यार्थीलाई लक्षित गरी प्रकाशनमा आएका परिक्षामुखी पाठ्य सामग्रीले विद्यार्थीको अध्ययन क्षमतामा कमी ल्याउने भएकाले यस प्रकारका पुस्तकको बिक्री वितरणलाई रोक्नुपर्ने धारणा राखे।