eadarsha.com
बार अध्यक्षमा प्रगतिशील समूहका कार्की विजयी, परिणाम मिश्रति
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी भएका छन्। गत शनिबार भएको मतदानको विहीबार सकिएको मत गणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई ७५ मतले पछि पार्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन्।