eadarsha.com
राष्ट्रपतिद्वारा समयसीमाबिनै सरकारमा सहमति गर्न आह्वान
।राष्ट्रपति डा. रामवरण यादवले निश्चित समयसीमा नतोकी सहमतीय सरकार गठनकालागि आह्वान गरेका छन्। नवौंपटकको समय सीमामा समेत सहमतीय सरकार गठनगर्न दलहरू असफल भएपछि राष्ट्रपतिले समय नतोकी अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि आह्वान गरेका हुन्।