eadarsha.com
छैटौं हिसान कास्की स्पोर्टस् मिटमा ज्ञानुबाबालाई छात्रा भलिबलको उपाधि
ज्ञानुबाबा उमाविले पोखरामा सञ्चालित छैटौं हिसान कास्की स्पोर्टस् मिट-२०६९ अन्तर्गत छात्रा भलिबलको उपाधि जितेको छ। म·लबार भएको फाइनल खेलमा पोखरा उमाविलाई २५-१३, २५-१४ र २५-११ को सोझो सेटमा पराजित गर्दै ज्ञानुबाबाले उपाधि जितेको हो।तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले सगरमाथा उमाविलाई २५-२७, २५-१८ र २५-१५ को २-१ सेटले पराजित गर्‍यो।