eadarsha.com
पोखरा महोत्सवको समापन आज
युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा जारी तेस्रोे पोखरा महोत्सव बुधबार समापन हुँदैछ। आठौं दिनमा पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवको मुख्य उद्देश्यमा शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा दुर्इ सय २० वटा स्टल राखिएको छ भने महोत्सवका स्टलमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक सङ्घसंस्थाको सेवा एवं पर्यटन प्रबर्द्धनका सामग्री महोत्सवमा राखिएको छ।