eadarsha.com
क्योकुशिन बुदोकाईलाई माछापुच्छ्रे कराँते च्याम्पियनसीपको उपाधि
ढुङ्गेसाँघुमा माघे सङ्क्रान्तिको अवसरमा आयोजित माछापुच्छ्रे फुलकन्टयाक्ट कराँते प्रतियोगिताको उपाधि क्योकुशिन बुदोकाई कराँते सङ्घले जितेको छ। ११ इभेण्टमा बुदोकाई कराँते सात स्वर्णयचार रजत र १० काँस्य पदकसहित उपाधि जित्न सफल भएको हो।