eadarsha.com
राष्ट्रिय हितका लागि सहमति गर : राष्ट्रपति
राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दललाई एक ठाउँमा भई राष्ट्रिय हितका लागि सहमति गर्न सल्लाह दिएका छन्। उनले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि समन्वय गरेर अगाडि नबढे मुलुक खतरामा पर्ने बताए। धार्मिक तीर्थस्थलको रूपमा परिचित पाल्पा, गुल्मी र स्याङ्जाको स·मस्थल रुरू मेलामा सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले संविधानमा भएका बाधाहरूलाई फुकाएर जनतासमक्ष गई नयाँ संविधान निर्माणको बाटो रोज्न दलहरूलाई सुझाव दिए।