eadarsha.com
पोखरामा छैटौं हिसान कास्की स्पोर्टस् मिट -२०६९ शुभारम्भ
उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान कास्कीको आयोजनामा आइतबारदेखि पोखरामा छैटौं हिसान कास्की स्पोर्टस् मिट-२०६९ शुभारम्भ भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै उच्च मावि शिक्षा परिषद्का सदस्य-सचिव भीमलाल श्रेष्ठले उच्च शिक्षाको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए। उनले प्राविधिक शिक्षाको विकासमा सामुदायिक विद्यालयले खासै योगदान नदिएको आरोप लगाउँदै निजी क्षेत्रले पुर्‍याएको योगदानको कदर गरिनुपर्ने बताए।