eadarsha.com
पोखरा महोत्सवमा दर्शकको भीड
युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी तेस्रोे पोखरा महोत्सवमा छैटौ दिन पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो। महोत्सवको मुख्य उद्देश्य शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा दुर्इ सय २० वटा स्टल राखिएको छ भने महोत्सवका स्टलमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक सङ्घसंस्थाको सेवा एवं पर्यटन प्रबर्द्धनका सामग्री राखिएको छ।