eadarsha.com
निजामती कर्मचारी सङ्घको चौथो महाधिवेशन सुरु राजनीतिक शून्यता छाएको बेलामा कर्मचारीहरू बढी जिम्मेवार बन्नुपर्छ : महत
पुनर्गठित नेपाल निजामती कर्मचारी सङ्घको चौथो केन्द्रीय महाधिवेशन शुक्रबारदेखि पोखराको सभागृहचोकमा सुरु भएको छ। कर्मचारी सङ्घको अभियान सेवासँगै मुस्कान भन्ने मूल नाराका साथ हुने महाधिवेशन शनिबारसम्म चल्ने छ। सङ्घले भ्रष्टाचाररहित जनमुखी निजामती प्रशासन र महिलामैत्री निजामती सेवाको नारालाई पनि अघि सारेको छ।