eadarsha.com
महिला हिंसाविरुद्ध महिला सञ्चारकर्मी
पोखरामा सञ्चालित माछापुच्छे्र एफएम महिला सञ्चारकर्मी युनिटले महिलामाथि भइरहेका हिंसा अन्त्य र पीडकलाई कारबाहीको माग गर्दै पोखरामा बिहीबार प्रदर्शन गरेको छ। ‘के छोरी भएर जन्मनु अपराध हो त -’ भन्ने प्रश्न लेखिएको मूल ब्यानर प्रदर्शन गर्दै र्‍याली निकालिएको हो। पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकबाट सुरु भएको र्‍याली चिप्लेढुङ्गा बीपीचोक, महेन्द्रपुल भिमसेनचोक परीक्रमा पछि बीपीचोकमा आएर सभामा परिणत भएको थियो।