eadarsha.com
काङ्ग्रेस कास्कीद्वारा हत्यारालाई कारबाहीको माग
नेपाली काङ्ग्रेस कास्कीको बिहीबार बसेको बैठकले दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेको अवस्थामा राज्यको ताला चावी लिएका प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई र उनको पार्टी हत्यारालाई उम्काउन राज्य संयन्त्रलाई दुरुप्रयोग गरी अपराधीको बयानसमेत लिन रोक्नु अत्यन्तै निन्दनीय एवं कानुनी राज्यको उपहास गरेको ठहरसमेत गरेको छ।