eadarsha.com
प्रधानमन्त्रीद्वारा अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिको ध्यानाकर्षण
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सिफारिस गरेको सत्य निरुपण तथा मेलमिलाप अध्यादेश स्वीकृत गर्न राष्ट्रपति डा. रामवरण यादवको ध्यानाकर्षण गराएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा भएको ढिलाइका कारण अन्तर्राष्ट्रिय समुदायले आलोचना सुरु गरेको भन्दै प्रधानमन्त्री भट्टराईले अध्यादेश पारित गरेर आयोग गठनको बाटो खोलिदिन आग्रह गरेका हुन्। सरकार आयोग गठन गर्न प्रतिबद्ध रहेको भन्दै कानुनी बाटो खोलिदिन प्रधानमन्त्रीले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्।