eadarsha.com
नेयास्वम सङ्गठन स्थानीय मिनी इकाई अध्यक्षमा श्रेष्ठ
नेपाल यातायात स्वतन्त्र मजदुर स·ठन स्थानीय मिनीबस इकाई समितिको ११ औं अधिवेशन शनिबार सम्पन्न भयो। नेपाल ट्रेड युनियन महासङ्घ राष्ट्रिय कमिटीका उपमहासचिव जनक चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट राष्ट्रिय कमिटी सदस्य गुणराम आचार्य, क्यूपेक नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, स·ठनका केन्द्रीय महासचिव रुद्रबहादुर खत्री, केन्द्रीय सदस्य तथा अञ्चल इन्चार्ज कर्णसं गुरुङ, नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट गण्डकी धौलागिरि अञ्चल अध्यक्ष युवराज पौडेल, अञ्चल अध्यक्ष बिष्णुबहादुर खत्री क्षत्रीलगायतले अधिवेशन सफलताको कामना गरेका थिए।