eadarsha.com
महिला सशक्तीकरण कार्यक्रम
वडास्तरीय महिला समन्वय समिति पोखरा-१८ को आयोजनामा पोखरामा सञ्चालित उद्घोषण तालिम तथा सशक्तीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। महिलाहरूमा बोल्ने कलाको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा नं. १८ का ५५ जना महिला सहभागी थिए।