eadarsha.com
यातायात सेवा व्यवस्थित बनाउन लागू गरिएको टाइमकार्डले यात्रुलाई सास्ती
यात्रुको सुविधा र सवारी साधन समयमै गन्तव्यमा पुग्नका लागि पोखराका माइक्रोबसमा लागू गरिएको टाइमकार्डका कारण यात्रुहरूले झन् सास्ती भोग्नुपरेको छ। केही सवारी चालकहरूले टाइमकार्डका नाममा मनोमानी गरेपछि दुर्घटनाको जोखिमसमेत बढेको यात्रुहरूले गुनासो गरेका छन्। गाडी छुट्नेबित्तिकै चालकहरूले समयको ख्याल नगर्ने र समय सकिनै लाग्दा तीव्र गतिमा चलाउँदा र भनेको ठाउँमा ओराल्न नमान्दा यात्रुहरूले सास्ती भोग्नुपरेको हो।