eadarsha.com
माओवादीद्वारा तेस्रो व्यक्तिमा सहमति खोज्न प्रस्ताव, काङ्ग्रेस-एमालेद्वारा अस्वीकार
एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर मध्य जेठसम्म नयाँ निर्वाचन गर्न नेकपा एमालेसँग प्रस्ताव गरेको छ। काङ्ग्रेस सभापति सुशील कोइरालको नेतृत्वमा सरकार गठन गर्ने सम्भावना नरहेको भन्दै माओवादीले अन्य विकल्पमा जान प्रस्ताव गरेको हो। राजधानीको बबरमहल स्थित शान्ति कोषको सचिवालयमा भएको दुर्इ दलका शीर्ष नेताको बैठकमा माओवादीले तेस्रो विकल्पमा जान एमालेसँग प्रस्ताव गरेको हो।