eadarsha.com
महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको माग गर्दै प्रदर्शन प्रधानमन्त्री निवास र गृहमन्त्रालय घेर्ने चेतावनी
महिलामाथि भइरहेका हिंसा अन्त्य र पीडकलाई कारबाहीको माग गर्दै बिहीबार पोखरामा प्रदर्शन गरिएको छ। शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र महिला मानवअधिकार रक्षकको सञ्जाल कास्कीले गरेको प्रदर्शनमा अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।