eadarsha.com
माओवादीले चुनाव चाहेकै छैन : अधिकारी
नेकपा एमालेका बैकल्पिक पोलिट्ब्यूरो सदस्य खगराज अधिकारीले एकीकृत नेकपा माओवादीले चुनाव चाहँदै नचाएको बताएका छन्। नेकपा एमाले क्षेत्र नं. २ कास्कीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित नयाँ कमिटीको स्वागत तथा निवर्तमान कमिटीको बिदाइ एवं धन्यवाद कार्यक्रममा बोल्दै बिहीबार उनले त्यस्तो बताएका हुन्।