eadarsha.com
पृथ्वीचोक र महेन्द्रपुललाई व्यवस्थित गर्न १९ बुँदे कार्यक्रम
वडा विकास सङ्र्घर्ष समिति पोखरा-९ कास्कीले पोखराको पृथ्वीचोक र महेन्द्रपुल क्षेत्रलाई व्यवस्थित गर्न १९ बुँदे कार्यक्रम घोषणा गरेको छ। समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो। समितिका अध्यक्ष नरेन्द्रमान लालचनले महेन्द्रपुलमा रहेको हुलाकघर र महेन्द्रपुलको आडैमा रहेका नगरपालिकाले भाडामा लगाएका सटर हर्टाई सो क्षेत्रलाई पार्किङ क्षेत्र वा पार्क निर्माण गर्नुपर्ने, नयाँबजारस्थित पुरानो कर कार्यालयसँगै रहेको कोल्ड स्टोर सञ्चालनमा ल्याइनुपर्ने, पुरानो बसपार्कलाई व्यवस्थित गर्नुपर्ने, पृथ्वीचोक र महेन्द्रपुल वरिपरि तथा सेतीनदीको वरिपरि रहेको फोहोरमैलालाई व्यवस्थित गर्ने, बाटो फराकिलो बनाउन पहल गर्ने लगायतका विभिन्न १९ बँदे कार्यक्रम सार्वजनिक गरे।