eadarsha.com
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने काङ्ग्रेस-एमालेको ठहर
नेपाली काङ्ग्रेस र नेकपा एमालेले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने भए सरकार छाड्ने प्रस्ताव अघि सारिरहेका बेला विपक्षी दलहरूले यस्तो निष्कर्ष निकालेका हुन्। दुर्इ दलले सहमतीय सरकारको प्रधानमन्त्रीमा काङ्ग्रेस सभापतिलाई नै अघि सार्नुपर्ने दोहोर्‍याएका छन्।