eadarsha.com
आहा रारा गोल्ड कप सफल पार्न विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने
आगामी माघ ९ गतेदेखि २० गतेसम्म पोखरा र·शालामा सञ्चालन हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय अन्तरक्लबस्तरीय आमन्त्रित ११ औं संस्करणको आहा ⁄ रारा गोल्ड कप फुटबल २०६९ प्रतियोगितालाई सफल पार्न पोखराका विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने भएका छन्। सहारा क्लबका अध्यक्ष एवं मूल आयोजक समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा बुधबार सम्पन्न ५०१ सदस्यीय मूल आयोजक समितिको बैठकमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन्।