eadarsha.com
लुम्बिनीको गुरूयोजना ७५ प्रतिशत पूरा
लुम्बिनी विकास कोषले लुम्बिनीको दीर्घकालीन गुरुयोजनाअनुरूपको ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सकिएको बताएको छ। कोषका उपाध्यक्ष कर्मासाम्बु शेर्पाले बुधबार पत्रकारसँग कुरा गर्दै भौतिक संरचना निर्माण सकिएपछि लुम्बिनीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए। उनले लुम्बिनी भ्रमण वर्ष २०१२ मा लुम्बिनी आउने विदेशी पर्यटक सङ्ख्या तीन गुणाले वृद्धि भएको बताउँदै भ्रमण वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको महत्त्व अझ उजागर भएको र आन्तरिक पर्यटक पनि वृद्धि भएको स्पष्ट पारे।