eadarsha.com
सहमति भन्दै दलहरू असहमतितिर
राजनीतिक दलहरु सहमति भन्दै असहमतितिर अघि बढ्दैछन्। उनीहरू सहमतिको नाम लिन्छन्, तर काम असहमति हुने गर्दछन्। राष्ट्रपति डा. रामवरण यादवले नौ पटकसम्म समय सीमा तोकेर पनि नभएपछि समयसीमा तोक्नै छाडिदिए। उनले त्यसरी समय सीमा नतोकेपछि दलहरूलाई समयको दबाब पनि भएन र दुवै पक्ष सडक तताएर द्वन्द्वतिर जाँदैछन्।