eadarsha.com
रोकिएनन् महिला हिंसा र बलात्कार
महिला अधिकारकर्मीहरू महिला हिंसा र बलात्कारका घटनाविरुद्ध लामो समयदेखि सडक तताएर नाराबाजी गरिरहेका छन्। प्रधानमन्त्री डा. बाबुराम भट्टराई महिला हिंसा र बलात्कार गर्नेमाथि कडा कारबाही गर्ने आश्वासन दिइरहेका छन्। तर त्यस्तो घटना घट्नुको साटो बढ्दै गएका छन्। दैनिकजसो पत्रपत्रिकामा नयाँ-नयाँ त्यस्तो घटना छापिएका छन्।