eadarsha.com
महिला हिंसाको विरोध
महिला हिंसाका विरुद्धका अधिकारकर्मीहरू सडकमा उत्रिरहेका छन्। सडकमा उत्रनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। काठमाडौंमा सीमित त्यो आन्दोलन जिल्लाहरूमा फैलिँदैछ। हिजो पोखरामा पनि विभिन्न सङ्घसंस्थाहरुको आयोजनामा एउटा विरोध र्‍याली निकालिएको थियो। विरोध र्‍याली अन्य जिल्लाहरूमा प्रदर्शन भइरहेका समाचार आइरहेका छन्।