eadarsha.com
पोखरामा पनि बर्ड फ्लू
केही दिन पहिले धादिङ र काठमाडौंमा देखिएको बर्ड फ्लू अहिले पोखरामा देखिएको छ। पोखराको विभिन्न चार ठाउँमा बर्ड फ्लू देखिएपछि त्यो यहाँ चर्चा र चिन्ताको विषय भएको छ। पोखराको बिरौटाको काउसेघारी, लेकसाइड नजिकै रहेको सराङकोट गाविसको सेती बगर, सिम्पानी र बाटुलेचौरको पोल्ट्री फार्ममा त्यो सङ्क्रमण देखिएको छ।