eadarsha.com
तिलौराकोट नै प्राचीन कपिलवस्तु
भारतले प्राचीन कपिलवस्तुबारे बराबर विवाद खडा गर्ने गरेको छ। अहिले फेरि त्यसले त्यस्तै विवाद उठाएको छ। केही दिन पहिले भारतीय दूतावासले संस्कृति, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग मिलेर लुम्बिनीमा आयोजना गरेको ‘नेपाल इण्डिया टुरिजम मार्ट’ कार्यक्रममा भारतीय पक्षले प्राचीन कपिलवस्तु र शाक्यमुनि राज्यको राजधानी भारतको पिपरहवा भएको दाबीसहितको प्रचार सामग्री वितरण गरेको छ।