eadarsha.com
ठगी यसरी पनि हुन्छ
समाजमा रहेका बेरोजगार युवाहरूलाई रोजगारीको अवसर देखाएर लोभ्याउने विज्ञापन आजभोलि पत्रपत्रिकामा धेरै देखिन्छन्। ती विज्ञापनको आधारमा केही युवाले रोजगारी पाएका हुन्छन् भने केही विज्ञापन ठग्नकै लागि प्रकाशित भएका पनि देखिन्छन्। ठग्नैकै लागि प्रकाशित विज्ञापनबाट बेरोजगार युवा धेरै ठगिएका घटना बराबर बाहिर आएका छन्। तर प्रशासनको ध्यान त्यतातिर गएको छैन।