eadarsha.com
आज माघे सङ्क्रान्ति
आज माघे सङ्क्रान्ति हो। माघे सङ्क्रान्ति नेपालीहरूको सामाजिक एवं सांस्कृतिक पर्व हो। आजको दिनमा धार्मिक तीर्थस्थलहरूमा मेला लाग्छन्। सबै जातजातिका मानिसहरू मेला हेर्न जान्छन्। ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु हुने दिन भएकोले आजको दिनमा सबैले रमाइलो मान्छन् र सबैको मुहार हँसिलो हुन्छन्।